मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

विराटनगर, वैशाख ६ — मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। कानेपोखरी–६ रमाइलोमा शनिबार आयोजित अधिवेशनले बिध्यानन्द चौधरीलाई पुनः अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट उपाध्यक्षमा दुर्गा प्रसाद खतिवडा, सचिवमा पूर्णिमा अधिकारी, सह–सचिवमा जानुमाया भुजेल र कोषाध्यक्षमा आशिष भुजेल सर्वसम्मत रूपमा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा बिसिका धिमाल, बिन्तिका लिम्बू, रोयल राई, सूर्य चौधरी, आशिका चौधरी, खेमराज पाण्डे र सम्झना श्रेष्ठ चयन भएका छन्। १३ सदस्यीय कार्यसमिति रहने व्यवस्था अनुसार पहिलो बैठकबाट एक सदस्य मनोनित गरी संख्या पूरा गरिने निर्वाचन समितिका संयोजक युवराज भुजेलले जानकारी दिएका छन्।

कार्यक्रम खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिका रूपमा कोशी प्रदेश CHITF तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेल उपस्थित थिए। कार्यक्रममा कोशी प्रदेश CHITF तेक्वान्दो संघका सचिव दिनेश सुब्बा, सदस्य विवेक खतिवडा तथा स्थानीय समाजसेवी निर्मल फुयल अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा सभाअध्यक्ष बिध्यानन्द चौधरीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि इन्द्रकुमार योञ्जन तामाङ तथा विशिष्ट अतिथि युवराज भुजेलले शुभकामना मन्तव्य राख्दै तेक्वान्दो खेलको विकास र विस्तारमा जोड दिएका थिए।

कार्यक्रमको सञ्चालन दुर्गा प्रसाद खतिवडाले गरेका थिए। अधिवेशन सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। नव–निर्वाचित कार्यसमितिले आगामी दिनमा तेक्वान्दो खेलको प्रवर्द्धन, खेलाडी उत्पादन तथा संस्थाको सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Views 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

स्थानीय तह पुनःसंरचनामा नयाँ प्रस्ताव, लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

ताजा खबर
No data was found