दुर्गा नारायण खतिवडा (बिबेक)
कानेपोखरी, २९ चैत्र । मोरङको रमाइलो बजारमा विगत ६ वर्षदेखि सेवा दिँदै आएको अल सोलुसनले बैशाख १ गतेका दिन नंया बर्षको अबसर पारेर दलेलीमा नयाँ शाखा विस्तार गर्ने भएको छ।
संस्थाले रमाइलो र दलेली दुवै स्थानमा लक्षित गर्दै एसईइ महाअफर समेत सार्वजनिक गरेको छ।
“ठाउँ एक, काम अनेक” को अवधारणासहित रमाइलोमा सफलता हासिल गरेपछि अब दलेली बजारमा सेवा विस्तार गर्न लागिएको संचालक होम कुमार मतेले जानकारी दिए। उनका अनुसार नयाँ वर्षको अवसर पारेर दलेली चोकबाट पूर्व जाने सडक क्षेत्रमा शाखा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ।
संस्थाले सीमित समयका लागि विभिन्न कोर्सहरूमा विशेष छुटसहित एसईइ महाअफर सञ्चालन गर्ने जनाएको छ। विशेषगरी एसईइ परीक्षा दिएर नतिजा पर्खिरहेका विद्यार्थीलाई लक्षित गर्दै १ महिनामै पूरा हुने सस्तो दरको स्पेसल बेसिक कम्प्युटर कोर्स ल्याइएको संचालक मतेले बताए।
दलेली शाखाबाट कम्प्युटर तालिम, फोटो फ्रेमिङ, अर्जेन्ट फोटो सेवा, बिबाह तथा बर्तबन्धमा फोटो भिडियो ग्राफरको ब्यबस्था, अनलाइन श्रमसम्बन्धी सेवा, स्टेशनरी सामग्री, गिफ्ट आइटम तथा कप र टिसर्ट प्रिन्टिङ सेवा उपलब्ध गराइनेछ।
त्यसैगरी अन्य विद्यार्थीहरूका लागि कम्प्युटर बेसिक, कम्प्युटर अपरेटर, डिप्लोमा इन कम्प्युटर, क्यानभा कोर्स तथा अङ्ग्रेजी भाषा कक्षा सञ्चालन गरिने जानकारी दिइएको छ।
कोर्स गर्दा निःशुल्क प्रमाणपत्र, टिसर्ट, शैक्षिक परामर्श तथा शैक्षिक भ्रमणको सुविधा समेत प्रदान गरिने संस्थाले जनाएको छ।
संस्थाले यो अवसर नछुटाउन सबैलाई आग्रह समेत गरेको छ।
लेखनवृत्ति