स्थानीय तह पुनःसंरचनामा नयाँ प्रस्ताव, लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने

बिराटनगर , वैशाख ६ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या तथा सिमाना परिमार्जनका विषयमा सरोकारवाला पक्षसँग सुझाव माग गरेको छ। मन्त्रालयले यससम्बन्धी प्रक्रिया अघि बढाउँदै विभिन्न तहबाट धारणा संकलन गर्न थालेको जनाएको छ।
यसै सन्दर्भमा मोरङ जिल्लाबाट पनि महत्वपूर्ण प्रस्ताव अघि आएको छ। स्रोतका अनुसार लेटाङ नगरपालिका, कानेपोखरी गाउँपालिकाका उत्तरी वडाहरू र मिक्लाजुङ गाउँपालिकाका पश्चिम क्षेत्रका वडाहरूलाई समेट्ने गरी सिमाना मिलाउने प्रस्ताव तयार गरिएको छ। उक्त प्रस्तावले स्थानीय तह पुनःसंरचनाबारे नयाँ बहस सिर्जना गर्ने देखिएको छ।
मन्त्रालयले वैशाख ३ गते पत्राचार गर्दै गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी सुझाव माग गरेपछि विभिन्न स्थानीय तहहरूले आफ्नो आवश्यकता र सम्भावनाअनुसार प्रस्तावहरू पठाउन थालेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का सम्बन्धित प्रावधानअनुसार सिमाना हेरफेर, गाभ्ने तथा वडाको संख्या मिलान गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
यसैबीच, लेटाङ–कानेपोखरी–मिक्लाजुङ क्षेत्रलाई समेट्ने प्रस्ताव कार्यान्वयनमा आएमा सेवा प्रवाह सहज हुने, भौगोलिक समन्वय सुदृढ बन्ने तथा प्रशासनिक कार्यसम्पादनमा दक्षता वृद्धि हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले प्राप्त सुझावहरूको अध्ययन गरी स्थानीय तहको संरचनात्मक सुधारका लागि आवश्यक निर्णय लिने जनाएको छ।

Views 38

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

ताजा खबर
No data was found