सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

विराटनगर, चैत २१ — विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निरौला कार्कीले पत्रकारहरूले सधैं सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ।

विराटनगरमा आयोजित तीन दिने युवामुखी आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सके मात्र त्यसको वास्तविक महत्व रहने बताउनुभयो। साथै, पत्रकारहरूको क्षमता विकासका लागि महानगरपालिका सदैव सहयोग गर्न तत्पर रहेको स्पष्ट पार्नुभयो।

उहाँले पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा उल्लेख गर्दै यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो। पत्रकारितामार्फत गलत मार्गमा हिँडेकाहरूलाई सही दिशामा ल्याउन सकिने उहाँको भनाइ थियो।

युवाहरूलाई पत्रकारिता क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम अभिनव मिडिया प्रा.लि.को आयोजनामा तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो। तालिममा सीमा बस्नेत, सुमन सुस्केरा, भरत खड्का र राजु श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।

तालिममा सहभागी डेविड केसीले समाचार लेखन शैली, पत्रकार आचारसंहिता तथा सूचनाको हक प्रयोग गर्ने विधिबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउनुभयो। साथै, समाचारलाई प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सीप सिकेको उहाँले उल्लेख गर्नुभयो। उहाँले सिकेका ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अर्की सहभागी सम्झना कार्कीले पनि तालिमबाट प्राप्त ज्ञानलाई कार्यक्षेत्रमा प्रयोग गर्ने बताउनुभयो।

अभिनव मिडिया प्रा.लि.की अध्यक्ष धनकुमारी थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उप–प्रमुख कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा महानगरपालिकाकी सञ्चार शाखा प्रमुख कमला निरौला लगायतको उपस्थिति रहेको थियो।

Views 24

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

पूर्व सीडीओ छवि रिजाल पक्राउ, अनुसन्धानको दायरा विस्तार

ताजा खबर
No data was found