पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

ललितपुर — ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दुई जना दाजुभाइको ज्यान गएको छ। घटनाले स्थानीय क्षेत्रमा त्रास र चिन्ता बढाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा झापा जिल्ला कमल गाउँपालिका–६ का स्थायी बासिन्दा रहेका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ छन्। उनीहरू हाल ललितपुरको इमाडोल क्षेत्रमा बसोबास गर्दै आएका थिए। […]
पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरी हटाउन शल्यक्रिया गर्ने तयारी गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सक टोलीले अपरेसनको तयारी अघि बढाएको हो। स्रोतका अनुसार सम्भवतः आगामी शनिबार शल्यक्रिया गर्ने योजना बनाइएको छ। चैत १३ गते नयाँ सरकार गठन भएको भोलिपल्ट बिहान […]