दुर्गा प्रसाद खतिवडा(दुर्गेश)
काठमाडौं, ६ चैत । परराष्ट्र मन्त्रालय ले होर्मुज क्षेत्रमा एक नेपाली नागरिक पक्राउ परेको जानकारी दिएको छ। मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।
पक्राउ पर्ने व्यक्ति अमृत झा रहेको जनाइएको छ। उनी पानीजहाजमा कार्यरत रहेका थिए।
जानकारीअनुसार होर्मुज क्षेत्रमा सञ्चालनमा रहेको जहाजका सम्पूर्ण चालकदललाई नियन्त्रणमा लिने क्रममा झासमेत पक्राउ परेका हुन्।
यस विषयमा थप विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।