दुर्गा प्रसाद खतिवडा
बिराटनगर, ६ चैत ।। रास्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको जनाइएको छ।
निर्वाचनअघि नै पार्टी र शाहबीच भएको समझदारीअनुसार उनलाई नेतृत्वमा ल्याउने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।
हालै बसेको रास्वपाका शीर्ष नेताहरूको बैठकमा उक्त मितिमा शपथ ग्रहण गर्ने विषयमा सहमति जुटेको बताइएको छ।
बैठकमा पार्टी सभापति रवि लामिछानेसहितका नेताहरूको सहभागिता रहेको थियो। उपसभापति स्वर्णिम वाग्लेका अनुसार छलफलपछि चैत १३ गते शपथ लिने तयारी गरिएको हो।
यस विषयमा औपचारिक निर्णय र घोषणा भने चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ।