राजेश हमालको नाममा भ्रष्टाचार: चार जनाविरुद्ध मुद्दा

दुर्गा प्रसाद खतिवडा(दुर्गेश)

काठमाडौं, ५ चैत। अभिनेता राजेश हमाल लाई फिल्म निर्माणका लागि ल्याउने बहानामा रकम हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे २४ न्युज एवं इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार, हमालको नाम जोडेर फिल्म निर्माण गर्ने भन्दै गाउँपालिकाबाट १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सोही रकममध्ये १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ भुक्तानी भई अनियमितता भएको पाइएको दाबी गरिएको छ।
अनुसन्धानपछि हमालको नाम दुरुपयोग गरी रकम हिनामिना गरेको पुष्टि भएपछि सोही रकम बराबर बिगो कायम गरी चारै जनाविरुद्ध कैद तथा जरिवानाको मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

Views 62

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found