ड्रोन आक्रमणमा १७ को मृत्यु

दुर्गा प्रसाद खतिवडा(दुर्गेश)

काठमाडौं, ५चैत।। चाड को सीमावर्ती शहर टिन जागराबामा भएको ड्रोन आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। उक्त जानकारी चाडका सञ्चार मन्त्री तथा सरकारी प्रवक्ता Gassim Cherif Mahamat ले बिहीबार विज्ञप्तिमार्फत दिएका हुन्।
बुधबार भएको आक्रमणमा अन्य थुप्रै व्यक्ति घाइते भएको जनाइएको छ। सुडानसँगको बढ्दो तनावका बीच सीमा बन्द गर्ने चेतावनी दिइए पनि चाडको टिन जागराबा क्षेत्र ड्रोन आक्रमणको निशानामा परेको प्रवक्ता महामतले बताएका छन्।
Sudan सँगको द्वन्द्वलाई मध्यनजर गर्दै चाड सरकारले सुरक्षा संयन्त्र थप कडा बनाएको र अन्तर्राष्ट्रिय कानूनको पालना गरिरहेको जनाएको छ।
यस घटनापछि चाडका राष्ट्रपति Mahamat Idriss Déby Itno ले आपतकालीन सुरक्षा बैठक बोलाउँदै सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्। साथै, सुडानबाट हुने कुनै पनि आक्रमणको कडा प्रतिकार गर्न सेनालाई निर्देशन दिइएको छ।
चाड र सुडानबीच करिब १,३०० किलोमिटर लामो सीमा क्षेत्र सन् २०२३ देखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बलबीचको संघर्षका कारण लगातार अस्थिर बन्दै आएको छ।

Views 10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found