रवि लामिछाने प्रकरण: सर्वोच्चद्वारा संशोधित निर्णय पेश गर्न आदेश, सुनुवाइ प्रभावित हुने संकेत

काठमाडौं, ५ चैत । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले यसअघि भएको २ माघको निर्णयसमेत अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको हो।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गत ३० पुसमा लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। तर, त्यसको दुई दिनपछि २ माघमा भने लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा पनि आरोपपत्र संशोधन गर्ने अर्को निर्णय गरिएको थियो।

सर्वोच्चमा प्रारम्भिक रूपमा ३० पुसको निर्णय मात्र पेश गरिएको पाइएपछि इजलासले २ माघको निर्णय पनि झिकाएर पेश गर्न आदेश दिएको हो। साथै, हालको इजलासले उक्त मुद्दा नहेर्न सक्ने संकेत गर्दै, सुनुवाइका लागि उपयुक्त न्यायाधीश सम्मिलित अर्को इजलासमा पेश गर्न निर्देशन दिइएको छ।

यस आदेशसँगै लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ केही समय पछाडि सर्ने देखिएको छ।

Views 51

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found