इनिसा बिक प्रकरण: कानेपोखरी–६ मा विद्यार्थीको विरोध प्रदर्शन

दुर्गा नारायण खतिवडा

कानेपोखरी, ५ चैत । इनिसा बिक प्रकरणको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दैमंगलबार कानेपोखरी गाउँपालिका–६ मा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।

कानेपोखरी–६ स्थित पर्ल एकेडेमी प्लस टु ब्लकमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको अगुवाइमा भएको उक्त प्रदर्शनमा पल एकेडेमी का कक्षा ५ देखि ११ सम्म अध्ययनरत विद्यार्थीहरू पनि सहभागी भएका थिए।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘न्याय चाहिन्छ, ‘दोषीलाई कारबाही गर’, ‘महिला हिंसा बन्द गर’ लगायतका नाराबाजी गरेका थिए।

पर्ल एकेडेमी प्लस टु ब्लकका संचालक होम कुमार मते ले दिएको जानकारी अनुसार इनिसा बिक घटनाप्रति ध्यानाकर्षण गराउँदै पीडितलाई न्याय दिलाउनका लागि विद्यार्थीहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका हुन्।

स्थानीय स्तरमै विद्यार्थीहरूको सक्रियताले समाजमा बढ्दो महिला हिंसाप्रति चिन्ता व्यक्त गर्दै न्यायका लागि आवाज उठाउनुपर्ने आवश्यकता औंल्याएको छ।

इनिसा बिक नामकी बालिका सँग सम्बन्धित जवरजस्ती करणी पछि हत्या गरिएको शंकास्पद घटना सार्वजनिक भएपछि यो केस चर्चामा आएको हो।

Views 110

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found