काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति ले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति समक्ष राजीनामा बुझाएका हुन्।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनलाई रास्वपाका ले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार रास्वपाले झण्डै दुई तिहाइ सिट जित्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र प्राप्त गरेको छ।
निर्वाचन परिणामपछि थापा राजीनामाको तयारीमा थिए। यद्यपि, पार्टीका विभिन्न तहका नेताहरूले उनलाई राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए।
थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा चयन भएका थिए। उनले दिएको राजीनामाबारे अन्तिम निर्णय पार्टीको आगामी बैठकले गर्ने बताइएको छ। यसका लागि केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ।