जनताको घरआँगनमै केन्द्रित हुन सांसदलाई रवि लामिछानेको कडा निर्देशन

दुर्गा नारायण खतिवडा(बिबेक)

मोरङ, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीबाट निर्वाचित सांसदहरूलाई कडा निर्देशनसहित जिम्मेवार र अनुशासित बन्न आग्रह गरेका छन्।

पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बुधबार बोल्दै उनले जनताको भरोसा जोगाउने गरी काम गर्न सांसदहरूलाई सचेत गराएका हुन्।

उनले सांसदहरूलाई देश–विदेशका सभा हलभन्दा आफ्नै निर्वाचन क्षेत्र, गाउँ–टोल र जनताको घरआँगनमा बढी देखिनुपर्ने बताए। शक्ति प्राप्त भएपछि जिम्मेवारी बिर्सिने प्रवृत्ति त्याग्नुपर्ने उल्लेख गर्दै उनले जनताको धैर्य धेरै लामो नहुने चेतावनी दिए।

सभापति लामिछानेले बिचौलियासँगको सम्बन्धबाट टाढा रहन निर्देशन दिँदै शहीद परिवार र जनताको मतको सम्मान गर्न आग्रह गरे। पार्टीभित्र फाटो ल्याउने वा जथाभावी अभिव्यक्ति दिने कार्य सह्य नहुने भन्दै अनुशासन उल्लंघन गरे सांसद पदबाटै बिदा लिनुपर्ने चेतावनीसमेत दिए।

उनले मन्त्री चयनमा भनसुन नचल्ने स्पष्ट पार्दै विज्ञता र क्षमताका आधारमा मात्रै जिम्मेवारी दिइने बताए। सांसद भएपछि व्यवहार र चालचलन बिग्रिएको पाइएमा कारबाही हुने उल्लेख गर्दै जिम्मेवार र मर्यादित आचरण अपनाउन निर्देशन दिए।

देश निर्माणको यो महत्त्वपूर्ण समयमा सबैले शतप्रतिशतभन्दा बढी योगदान दिनुपर्ने उनको भनाइ थियो। उनले सांसदहरूलाई आफू र परिवारले सकेसम्म सरकारी अस्पतालमा उपचार गराउने तथा सरकारी विद्यालयमै पढ्ने–पढाउने अभ्यास गर्न सुझाव दिए।

त्यसैगरी, पुराना दल र नेताहरूको योगदानको सम्मान गर्दै वर्तमान शासन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गरे। उनले रास्वपा कानुन निर्माणमा केन्द्रित हुने स्पष्ट पार्दै मन्त्री बन्ने आकांक्षाभन्दा विधि निर्माणलाई प्राथमिकता दिन आग्रह गरे।

सभापति लामिछानेले वर्तमान संविधानप्रति पार्टी प्रतिबद्ध रहेको दोहोर्याउँदै आवश्यक परे राष्ट्रिय सहमतिका आधारमा संशोधन गर्न सकिने बताए। साथै, अनुशासनविपरीत गतिविधि गरे पार्टीले सांसदलाई घर पठाउन सक्ने चेतावनीसमेत दिएका छन्।

Views 62

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

स्थानीय तह पुनःसंरचनामा नयाँ प्रस्ताव, लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

ताजा खबर
No data was found