टुडिखेलमा परम्परागत घोडे जात्रा भव्य रूपमा सम्पन्न

काठमाडौं — घोडे जात्रा को अवसरमा बुधबार चैत कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा परम्परागत रूपमा घोडे जात्रा मनाइएको छ। उपत्यकामा प्रचलित प्राचीन जात्रामध्ये एक मानिने यो पर्व विशेष सांस्कृतिक महत्व बोकेको छ।

परम्पराअनुसार प्राचीनकालमा उपत्यकामा एक राक्षसले बालबालिकालाई दुःख दिने र मार्ने गरेको जनविश्वास छ। उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर अन्त्य गरिएको कथासँग जोडेर यो जात्रा मनाइँदै आएको हो। यही विश्वासलाई निरन्तरता दिँदै काठमाडौंको टुँडिखेल मा नेपाली सेना ले विशेष समारोह आयोजना गरेको थियो।

समारोहमा घोडाका विविध कला र कौशल प्रस्तुत गरिएका थिए।कार्यक्रममा रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

घोडेजात्राका अवसरमा सैनिक ब्यान्डद्वारा विभिन्न धुन प्रस्तुत गरिएको थियो भने घोडाहरूले शो जम्पमार्फत विभिन्न अवरोध पार गर्ने कला देखाएका थिए। साथै, साहसिक सैनिकहरूले घोडासहित पर्खाल नाघ्ने, टेण्ड पेगिङजस्ता युद्ध अभ्याससम्बन्धी प्रस्तुति पनि प्रदर्शन गरेका थिए। घोडा दौड तथा तालिमप्राप्त कुकुरहरूको प्रस्तुति पनि दर्शकका लागि आकर्षण बनेको थियो।

कार्यक्रममा विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकहरूलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरेका थिए।

एक समय युद्धमा अत्यन्तै महत्वपूर्ण मानिएको घोडाको प्रयोग आधुनिक सवारी साधनको विकाससँगै घट्दै गएको भए पनि यसको ऐतिहासिक र सांस्कृतिक महत्व अझै कायम रहेको छ।

Views 67

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

स्थानीय तह पुनःसंरचनामा नयाँ प्रस्ताव, लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

ताजा खबर
No data was found