इजरायल–इरान द्वन्द्व चर्कियो, उच्च अधिकारीको मृत्यु पछि प्रतिशोधको चेतावनी

मध्यपूर्व — इजरायली हवाई आक्रमणमा इरानका सुरक्षा अधिकारी अली लारिजानी को मृत्यु भएपछि इरान–इजरायलबीचको तनाव थप तीव्र बनेको छ।

इरानका सैन्य प्रमुख अमिर हतामी ले लारिजानीसहित ज्यान गुमाएका व्यक्तिहरूको ‘कडा बदला’ लिने चेतावनी दिएका छन्। उनले उपयुक्त समय र स्थानमा निर्णायक प्रतिक्रिया दिइने बताएका छन्। इरानले लारिजानीको मृत्यु आधिकारिक रूपमा पुष्टि गरिसकेको छ।
यसैक्रममा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले प्रतिशोधस्वरूप मध्य इजरायलमा मिसाइल प्रहार गरिसकेको दाबी गरेको छ।

युद्धको अवस्थाबीच इरानको नेतृत्वबारे पनि चर्चा सुरु भएको छ। मोज्तबा खामेनी लाई सम्भावित नयाँ सर्वोच्च नेताको रूपमा हेरिएको छ भने राष्ट्रपति मसूद पज्गियान अहिले संकट व्यवस्थापनमा सक्रिय देखिएका छन्।

उता, इजरायलले भने थप आक्रामक संकेत दिएको छ। इजरायली सेनाका प्रवक्ता एफी डेफ्रिन ले मोज्तबा खामेनीलाई समेत निशाना बनाउन सकिने बताएका छन्।

यस घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव अझ बढ्ने संकेत देखिएको छ।

Views 171

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found