बुधबार सुन–चाँदीको भाउ ओरालो लाग्यो

काठमाडौं — साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँमा झरेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १८५ रुपैयाँले घट्दै ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार हाल प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ कायम भएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

Views 81

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

स्थानीय तह पुनःसंरचनामा नयाँ प्रस्ताव, लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

ताजा खबर
No data was found