खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन

४ चैत।। खोटाङ — खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा स्थित बालाबेसी क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको छ।

काठमाडौंबाट ६जना यात्रु बोकेर गाउँ गएको हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेल ले जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

त्यस्तै, गाउँपालिका अध्यक्ष समिर राई का अनुसार बारीको डिलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। सुरुमा डिलमा अवतरण गर्न लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीच भागमा लैजान खोज्दा असन्तुलन भई दुर्घटना भएको उनले बताए।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

Views 108

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found