दूधमा मापदण्डभन्दा कम फ्याट भेटिएपछि बिक्रीमा रोक

काठमाडौं — सिताराम गोकुल मिल्क्स उद्योग द्वारा प्रशोधित दूधमा मापदण्डभन्दा कम चिल्लो पदार्थ (फ्याट) भेटिएपछि सो दूधको बिक्री वितरणमा रोक लगाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गरेको अनुगमनका क्रममा उक्त दूधमा ३.० प्रतिशत हुनुपर्ने फ्याटको मात्रा मात्र १.४ प्रतिशत भेटिएको जनाएको छ।

अनुगमनमा सहभागी एक अधिकारीका अनुसार उत्पादन मिति २०८२–१२–०२ र ब्याच नम्बर २८६१० रहेको दूधलाई बजारमा बिक्री गर्न प्रतिबन्ध लगाइएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३३ अनुसार कुल ५ सय १९ क्रेट दूध (प्रत्येक क्रेटमा ५०० मिलिलिटरका २० पोका) बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ।

विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता मापदण्ड विपरीतका खाद्य पदार्थमाथि कडाइ जारी राख्ने पनि बताएको छ।

Views 40

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found