सेयर कारोबार मापक नेप्सेको परिसूचक ४.४५ अंकले बढेको छ । शून्य दशमलव १५ प्रतिशतले वृद्धि भएको नेप्से परिसूचक २ हजार ८ सय २४ दशमलव ९० विन्दुमा उक्लिएर रोकिएको हो ।
कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ, १३० कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर नै छ ।
होटल तथा पर्यटन, लगानी, जीवन बिमा र सामुहिक लगानी कोष उपसमूहको मूल्य घटेको छ भने व्यापार, विकास बैंक, बैंकिङ, उत्पादन तथा प्रशोधनलगायत उपसमूहको मूल्य बढेको छ।
कुल १ लाख २४ हजार ४ सय ९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती किनबेचमा ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर किनबेच भए ।
आज सोलु हाइड्रोपावरको सेयर मूल्य एकैपटक १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ ।