इरानले सम्झौता गर्न चाहेको अमेरिकाको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्नका लागि इरानले सम्झौता गर्न चाहेको दाबी गरेका छन। तर, अहिलेसम्म आफु सम्झौताका लागि  तयार नरहेको उनले बताए ।

उनले इरानले अघि सारेका शर्तहरु पर्याप्त राम्रो नरहेको बताए । एनबीसीसँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् ।

ट्रम्प्ले खार्ग टापु पूर्ण रुपमा अमेरिकाले ध्वस्त गरेको दाबी गरे । तर, इरानको यस महत्वपूर्ण तेल निर्यात केन्द्रमा अझै केही आक्रमण गरिने बताए ।

शनिबार राति इरान र इजरायल दुबैले मिसाइल तथा ड्रोन आक्रमण–प्रत्याक्रमण गरेका छन् । त्यस्तै साउदी अरेबिया, युएइ, कुवेत र कतारले इरानी ड्रोनको प्रतिरोध गरिएको दाबी गरेका छन् ।

इराकको बग्दादस्थित अमेरिकी दूतावासले आफ्ना  नागरिकहरुलाई तत्कालै इराक छाड्न चेतावनी दिएको छ । इरानले शनिबार बग्दादस्थित अमेरिकी दूतावासको भवनमा मिसाइल प्रहार गरेको थियो ।

Views 57

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found