श्रम संस्कृति पार्टीले समानुपातिक सांसद छानिसकेको छ ।
आइतबार धरानमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको भागमा परेको ४ सिटमा सांसदको टुंगो लगाएको हो ।
पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार आदिवासी जनजातीबाट पूर्णप्रसाद लिम्बू, खसआर्य महिलाबाट अम्बिकादेवी सङ्ग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेसी महिलाबाट रुवीकुमारी ठाकुर चयन भएका छन् ।
प्रत्यक्षतर्फ श्रम संस्कृतिले खोटाङ, भोजपुर र सुनसरी १मा अध्यक्ष हर्कराज राईसहित जम्मा ३ सिट जितेको छ ।