दुर्गा नारायण खतिवडा
कानेपोखरी, २७ फाल्गुन । मोरङ क्षेत्र नं. २ अन्तर्गत कानेपोखरी गाउँपालिका–२ का नेपाली कांग्रेस प्रचारप्रसार समिति सचिव डेनु कार्कीले निर्वाचनमा नेपाली कांग्रेसलाई विश्वास गर्दै मतदान गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद ज्ञापन गरेका छन्।
कार्कीले कानेपोखरी–२ का मतदाताले लोकतान्त्रिक मूल्य, सिद्धान्त र नेपाली कांग्रेसप्रति देखाएको विश्वासका लागि आभार व्यक्त गर्दै यसले पार्टीलाई थप जिम्मेवार र जनताको पक्षमा काम गर्न प्रेरणा मिलेको बताएका छन्।
उनले निर्वाचनका क्रममा कानेपोखरी-२ का मतदाताले नेपाली काङ्ग्रेस प्रति देखाएको साथ, सहयोग र सद्भावले आफूहरू उत्साहित भएको उल्लेख गरे।
कार्कीले भारी मतान्तरका साथ बिजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार कृष्ण बहादुर कार्कीलाई जित हासिल गर्दै प्रतिनिधि सभा सदस्य बन्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना समेत दिएका छन ।
निर्वाचन अवधिभर पार्टीलाई जिताउनका लागि घरदैलो, प्रचारप्रसार तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेलेका युवा नेता कार्कीको योगदानको पार्टीभित्र समेत प्रशंसा गरिएको छ।
यसै क्रममा मोरङ क्षेत्र नं. २ मा नेपाली कांग्रेस बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. मिनेन्द्र रिजालले पनि कार्कीको सक्रियता र समर्पणको प्रशंसा गरेका छन्।
रिजालकाले कार्कीलाई पार्टीमा एकबद्ध भएर निर्वाचनमा महत्वपूर्ण योगदान दिएको बताउदै उनले भेट भएको समयमा धन्यवाद ज्ञापन गर्दै बधाई समेत दिएका हुन्।
नेपाली कांग्रेसका युवा नेता कार्कीले आगामी दिनमा पनि पार्टीलाई थप सुदृढ बनाउँदै जनताको अपेक्षा पूरा गर्ने दिशामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।