झापा–५ बाट बालेन शाह भारी मतान्तरले विजयी

दुर्गा नारायण खतिवडा (बिबेक)

मोरङ, २४ फाल्गुन । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह भारी मतान्तरले निर्वाचित भएका छन्।

यस क्षेत्रलाई नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको लाल किल्ला मानिने भएकाले यसपटकको निर्वाचन विशेष चर्चाको केन्द्र बनेको थियो।

काठमाडौं महानगरपालिकाका मेयर रहिसकेका बालेन शाहले राजीनामा दिएर झापा–५ बाट उम्मेदवारी दिएपछि ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर देशभर चासो बढेको थियो।

अन्तिम मतपरिणाम अनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। दुवैबीच ४९ हजार ६१४ मतको ठूलो अन्तर रहेको छ।

ओलीको प्रभाव क्षेत्र मानिने झापा–५ मा बालेनको उम्मेदवारीसँगै चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको थियो।

अन्ततः मतगणनाको अन्तिम परिणामले बालेन शाहलाई भारी मतान्तरसहित विजयी बनाएको हो।

Views 89

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found