दुर्गा नारायण खतिवडा (बिबेक)
मोरङ, १८ फाल्गुन । नेपाली काँग्रेस कानेपोखरी गाउँपालिका वडा नं. २ र ३ ले आज सोमबार संयुक्त र्याली आयोजना गर्न लागेको छ।
र्याली दिउँसो १२:३० बजे केरौन चोक बाट सुरु हुने भएकाले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति, महिला संघ, तरुण दल, क्रियाशील सदस्यहरू, तथा पार्टीप्रति आस्था राख्ने सबैलाई उपस्थिति हुन नेपाली कांग्रेस कानेपोखरी २ प्रचारप्रसार समितीका सचिब डेनु कार्कीले आग्रह गरेका छन।
सचिब कार्की का अनुसार कार्यक्रमले स्थानीयस्तरमा पार्टी संगठन सुदृढीकरण र आसन्न फाल्गुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा मोरङ २ का उमेद्वार डा.मिनेन्द्र रिजाललाई जिताएर प्रतिनिधि सभा सदस्य बनाउन र पार्टी का नेता कार्यकर्ता लाई चुनाब प्रचारप्रसार को अन्तिम दिनमा सक्रिय बनाउन मोटरसाइकल र्याली आयोजना गरिएको हो ।
र्यालीको समन्वय गर्दै आएका सचिब कार्की, ले समग्र तयारी पूरा भएको बताउँदै निर्धारित समयमा सबैलाई सहभागीता जनाउन अनुरोध गरेका छन ।
र्याली शान्तिपूर्ण वातावरणमा सञ्चालन हुने छ।