नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने, राष्ट्र बैंकले दियो अनुमति

कंचनपुर । नेपाली बैंकका खातामा भएको रकम क्यूआरमार्फत भारतमा भुक्तानी गर्न पाइने भएको छ । गत फागुन १६ गतेदेखि क्रसबोर्डर क्यूआरमार्फत भारतीयका लागि खुला गरिएको भुक्तानी सेवा अब नेपालीका लागि पनि शुरू गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै क्यूआरमार्फत अन्तरराष्ट्रिय भुक्तानी शुरू गर्न बैंकहरूलाई सर्कुलेसन जारी गरेको छ । योसँगै अब नेपालीले पनि भारतका क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । नेपाली बैंकका खाता होल्डरको लागि यो सेवा शुरू भएको हो । भारतीय नागरिकले त्यहाँको ‘फोन पे’ र ‘भीम एप’मार्फत गत फागुन १६ गतेदेखि भुक्तानी शुरू गरेका थिए ।

राष्ट्र बैंकले शुक्रवार जारी गरेको निर्देशनअनुसार वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खाता रहेका नेपालीले क्यूआरमार्फत भुक्तानी गर्न पाउने छन् । रिजर्भ ब्याङ्क अफ इन्डिया र राष्ट्र बैंकले दुई देशमा द्रुत भुक्तानी प्रणालीको समायोजनसम्बन्धी सेवाका सर्तहरूबारे गत फेब्रुअरीमा हस्ताक्षर गरेका थिए।

क्रसबोर्डर क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच गत भदौमा सम्झौता भएको थियो ।

त्यतिबेला भारतीयलाई नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सुविधाको औपचारिक शुरुआत भए पनि राष्ट्र बैंकले स्वीकृति नदिँदा भारत जाने नेपालीले क्यूआरमार्फत भुक्तानी गर्न पाएका थिएनन् ।

Views 13

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found